बिन टोकरीहरू
काउन्सिलहरूको साझेदारीमा, यी टोकरीहरूले कन्टेनरहरू रिसाइकल गर्ने नयाँ तरिका प्रदान गर्छन्।
सार्वजनिक डस्टबिनहरूमा स्पष्ट रूपमा लेबल लगाई जोडिएका यी टोकरीहरू माथिबाट खुला हुन्छन्, जहाँ मानिसहरूले कन्टेनरहरू राख्न वा लिन सक्दछन्।
यदि सङ्कलन गर्दै हुनुहुन्छ भने, तपाईंले टोकरीबाट कन्टेनरहरू लिन सक्नुहुन्छ र तपाईंको नजिकको फिर्ती बिन्दु (रिफण्ड पोइन्ट) मा लैजान सक्नुहुन्छ। यी टोकरीहरू प्रयोग गर्दा तपाईंका कन्टेनरहरू ल्यान्डफिलमा जाँदैनन् र तपाईंको फिर्ती रकम तपाईंको समुदायको अर्को सदस्यलाई जान्छ।
यी टोकरीहरूले धेरै योग्य कन्टेनरहरू पुनः प्रयोग गर्ने लक्ष्य राख्छन्। यसले पुनर्चक्रणको सफा प्रवाहहरू सिर्जना गर्न पनि मद्दत गर्न सक्छन्।
टोकरीहरू योग्य खाली कन्टेनरहरूका लागि मात्र हुन् – 10C चिन्ह खोज्नुहोस्। के–के स्वीकार गरिन्छ भन्नेबारे थप जान्न हाम्रो योग्यता पृष्ठमा जानुहोस्।
हामी भिक्टोरिया भरिका काउन्सिलहरूसँग सहकार्य गरिरहेका छौँ। आफ्नो क्षेत्रमा बिन टोकरीहरूको लागि ध्यान दिनुहोस्।
अनुवाद सेवा चाहिने मानिसहरूका लागि मद्दत यदि तपाईंलाई दोभाषे चाहिन्छ भने, कृपया TIS National लाई 131 450 मा फोन गर्नुहोस् र CDS Vic मा जोड्न लगाउनुहोस्। थप जानकारीको लागि, TIS वेबसाइट www.tisnational.gov.au
हेर्नुहोस्।
यदि तपाईंको काउन्सिल भाग लिन इच्छुक छ भने, कृपया “सम्पर्क पृष्ठ” मार्फत हामीलाई सम्पर्क गर्नुहोस्।हामीलाई सम्पर्क गर्नुहोस्